झापाको बिर्तामोड –५स्थित न्यु फ्रेण्डसीप होटलमा एक युवा मृत फेला परेका छन् ।
शिवसताक्षी नगरपालिका–७का उत्तमकुमार कणेल मृत फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
३४ वर्षिय कणेल न्यु फ्रेण्डसिप होटलका कर्मचारी थिए । भित्रबाट चुकुल लगाएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
कणेलको शव पोष्टमार्टम गर्न मेची अञ्चल अस्पताल भद्रपुरमा लगिएको आफन्त सिम्रन आचार्यले जानकारी गराइन ।






