मकस्थित एडभान्स मल्टिस्पेशियालिटी हस्पिटल तोडफोड भएको छ । एक दुई महिना अघि देखि बालकको उपचारमा लापरवाही भएको र सोहि कारण मृत्यु भएको पीडितका आफन्तहरुले आरोप लगाउदै गए राती अस्पताल घेराउ गरेका हुन् ।
अस्पतालको लापरवाहीले गर्दा बालक गम्भिर बनेको र यहाँबाट धरान रेफर गरेका बालकका आफन्त बताउछन्न । धरानको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा वालकको मृत्यु भएपछि आफन्तहरुले शव लिएर एडभान्स हस्पिटल अगाडि प्रदर्शन गरेका हुन् ।
पीडित परिवारले अस्पतालमा तोडफोड गरेपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो । गए राती अबेरसम्म अस्पताल परिसरमा झडप भएको थियो ।






