मोरङको उर्लाबारी नगरपालिका – ३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
बिहान साढे पाँच बजे पूर्वबाट पश्चिम जाँदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टरले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १ ०१०१२ प ७१५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उर्लाबारी ७ का १६ वर्षिय निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका – ६ का २१ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा राखिएको प्रहरीले जनाएको छ । बानियाँ उर्लाबारीस्थित नेपाल दर्शन कलेजमा अध्ययनरत विद्यार्थी हुन् ।






