
प्लानेट मल्टिमेडिया तथा रेडियो झापा द्वारा आयोजित स्टार आरजे सुरु भएको छ। दमक उद्योग बाणिज्य संघको सभा हलमा आयोजित समुदघाटन कार्यक्रम दमक नगरपालिकाको ६ नम्बरका वडा अध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ भने बिशिष्ठ अतिथि पुणानन्द दाहाल सभापतिमा टिकाराम शिवाकोटी साथै अन्य अतिथिहरुमा डा के पी सुबेदी, प्रमोद कुमार दाहाल, दिपक खडका, भोजराज घिमिरे, रेवत चन्द्र भण्डारी, नवराज कार्की, दिपक खडका, सुबोध खरेल र गोपाल गुरागाई रहेका थिए। १५ दिन प्रशिक्षण कक्षा चल्ने यस प्रतियोगितामा प्रशिक्षण पश्च्यात सहभागीहरुले विभिन्न विधामा प्रतिस्प्रधा गर्ने यस कार्यक्रमको ढांचा रहेको छ। प्रतिस्प्रधा पछि सहभागीहरुको प्रस्तुतिको आधारमा बिजेता पनि घोसित गरिने छ। र बिजेतालाई विभिन्न अवसरका साथै पुरस्कारको व्यवस्था पनि गरिएको छ।
आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालयका डि एस पी नवराज कार्कीलाइ सम्मान समेत गरेको थियो।

आजबाट बिधिबद रुपमा सुभारम्भ गरिएको यस कार्यक्रमको प्रशिक्षण कक्षा भोलि मिति २०७८ ०९ २९ बाट सुरु हुने भएको छ। प्रशिक्षणमा संचार क्षेत्रमा आबश्यक सबै जसो विधाहरु समेटिएको छ। जसमा उदघोषण, कार्यक्रम उत्पादन, समाचार वाचन तथा सम्पादन, प्रबिधिकिया ज्ञान, बिज्ञापन उत्पादन तथा ब्यबस्थापन, बजार ब्यबस्थापन लगायतका विधाहरु समेटिएका छन्।
प्रशिक्षण कक्षा संचालनका लागि प्रशिक्षकका रुपमा संचार क्षेत्रमा नै लामो समय अनुभब हासिल गरिसकेका व्यक्तित्वहरु चयन रहेको आयोजक द्वारा जानकारी गराएको छ।
मुख्य प्रशिक्षकको रुपमा बिगत १५ बर्ष भन्दा बढी यस क्षेत्रमा बिताई सक्नु भएका रुपेश श्रेष्ठ काठमान्डूबाट आउनु हुनेछ भने रेडियो टेलिभिजनमा लामो समय बिताएर यसै क्षेत्रमा निरन्तर सक्रिय पत्रकारिता गरिरहनु भएका उत्तम रिजाल, लेखक तथा कलाकार शंकर चापागाई, रेडियो टेलिभिजनमा कार्यक्रम संचालिका रही कार्यक्रम उदाघोस्सनामा सक्रिय तृष्णा रेग्मी, कलाकार तथा नाटक निर्देशक शिजन दाहाल, सभ्यदृश्यकार बिनोद भण्डारी, संचार कर्मी सुलभ राज बराल, कोशिस सिवाकोटी र मोनित महर्जन रहेका छन्।
३० को हाराहारी प्रशिक्षार्थी सहभागी रहेको यस कार्यक्रम सम्पन्न हुने १ महिनाको समय लाग्ने आयोजकले बताए। अघिल्लो बर्ष पहिलो संसकरण सम्पान भएको स्टार आरजेको यो दोस्रो संसकरण हो । यो पटक समय र परिस्थिति अनुकुल रहे सम्म कार्यक्रम भब्य र उपलब्धि मुलक रुपमा सम्पन्न गर्ने योजना र तयारि रहेको कार्यक्रमका संयोजक मोनित महर्जनले बताउनु भएको छ।
हाल विश्वमा बिध्यमान महामारीको असरले कुनै बाधा ब्यबधान नपरेको खण्डमा बिशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा भब्य समापन समारोहका साथ कार्यक्रम सम्पन्न गरिने पनि आयोजक पक्षबाट जानकारी गरिएको छ ।