jQuery(document).ready(function($){ //
});

झापा दमककी वेनिसा पौडेल नेपाल आइडल सिजन ४ को उपाधीका लागि प्रतिस्पर्धामा छिन । उत्कृष्ट १२ मा परेकी उनका लागि आज ( बिहिबार) राती ८.३० बजेदेखि भोटिङ शुरु भएको छ । दमक ५ का पुण्य प्रसाद पौडेल र आमा मेनुका पौडेलकी सुपुत्री वेनिसाको गीत संगितमा सानैदेखिको रुची र सांगितिक क्षेत्रमा नै भविष्य खोज्ने लक्ष्यले अहिले सम्म नेपाल आइडल सिजन ४ को उत्कृष्ट १२ सम्म पुरयाएको हो ।
दमकको चुलाचुली अंग्रेजी माविबाट प्रारम्भिक शिक्षा हासिल गर्दै एसइइ पास गरेकी वेनिसाले दमककै हिमालय माविमा कक्षा ११ को पढाई सकेर कक्षा १२ संगै संगित कक्षालाई अघि बढाउन काठमाडौं गएकी हुन ।


उनले आरआर कलेजमा कक्षा १२ को अध्ययन गरिरहेकी छिन । दमकमा छँदा बिहानी कला केन्द्र र उर्लाबारीको एक संगित बिद्यालयबाट संगित सम्बन्धिको अध्ययनको शुरुवात गरेकी वेनिसाको पारिवारिक पृष्ठभुमी मध्यम खालको हो । उपाधी चुम्ने दृढ आत्मविश्वास राखेर अघि बढेकी वेनिसा भन्छिन – मेरो इच्छा संगीत सिक्नेनै थियो मेरो इच्छा पुरा गरिदिन आमाले साइकलमा पछाडी राखेर दमकबाट उर्लाबारी सम्म लैजानु हुन्थ्यो । पैसा नहुँदा आमाले आफूले लगाएको सुनको गहना बेचेर पनि मेरो संगीत यात्रालाई अघि बढाउन प्रोत्साहन गर्नु भएको छ । हजुरहरुले मलाई भोट मात्रै गरिदिनु भए पुग्छ । वेनिसाकी आमा मेनुका पनि छोरीको सांगितिक यात्रामा ब्रेक नलाग्नेमा ढुक्क छिन । निजी क्षेत्रमा सामान्य जागिरे जिवन बिताइरहेको पौडेल परिवारले छोरी बेनिसाको कला र प्रतिभाको सम्मान हुने विश्वास लिएको छ । आमा मेनुका भन्छिन– सानैदेखि उ ( वेनिसा) गीत गुनगुनाई रहन्थिन । कुनै कुरामा सफलता पाउन निरन्तरताको जरुरी हुन्छ । उनले निरन्तर गीत संगीत क्षेत्रमा ध्यान लगाएकी छिन । सफलता पाउँछिन भन्नेमा विश्वस्त छु ।
वेनिसाको स्वरमा पहिलो रेकर्डेड गीत आँखैमा लाउने गाजल सकियो ……बोलको गीत निक्कै लोकप्रिय बनेको थियो । योसहित उनको स्वरमा अहिले सम्म ४० बढी गीतहरु रेकर्ड भइसकेका छन । मधुर स्वर, शालिन स्वभाव र अनुशासित व्यवहार वेनिसालाई नेपाल आइडल सिजन ४ को उपाधी जिताउने बलियो आधार हुन । उनलाई एसएमएस भोटिङका लागि मोवाइलमा ०२ टाइप गरेर ३७००० मा सेन्ड गर्न सकिनेछ भने पौडेललाई Vote गर्न  CellPay App Download/Update गरेर  र विजयी भव: भनी जितका लागि CellPay मार्फत आशिर्वाद  दिन सकिन्छ । साथै नेपाल बाहिरबाट भोट गर्न  Shristi App Download गरी भोट गर्न सक्नु हुनेछ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय