jQuery(document).ready(function($){ //
});

राष्ट्रिय जनमुक्ति पार्टीले आज आफ्नो ३१औं स्थापना दिवसको अवसरमा चक्रपथमा रहेको आफ्नो संघिय परिषदको कार्यालय उठघाटन गर्दै र होटेल निम्तोमा समाजका बरिष्ट व्यक्तिहरुसंग अन्तरसम्बाद गर्दै सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका संस्थापक अध्यक्ष तथा पुर्ब मन्त्री एमएस थापा,पार्टीका कार्यकारी अध्यक्ष केशब सुर्यबंशी,पार्टी उप महासचिब गंगा खासु मगर,पार्टी सचिब मोजिब अलि,पार्टी कोषाध्यक्ष मन बहादुर थापा मगर,पार्टी सह-कोषाध्यक्ष डिके सुर्यबंशी लगायात जनबर्गीय संगठन / स्वेच्छुकहरुको उपस्थिति रहेको थियो भने नागरिक अभियानता नारायण वाग्ले,राजनैतिक विश्लेषक तथा त्रिमुल पार्टीका अध्यक्ष भारत दाहाल,नेपाल तामाङ घेदुङ्गका महासचिब बाबु घिसिंङ,बुद्धिजीवी निष्नु थिङ,नेपाल आदिबासी जनजाती महासंघका उपाध्यक्ष गोबिन्द छन्त्याल,बरिष्ट कलाकार तथा अभियान्ता बिश्व बस्नेत लग्याताको उपस्थिति रहेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कार्यक्रममा बुद्धिजीवी निष्नु थिङले आफु कुनै समय ताका संगठनको कामले सुर्खेतको गाउवै गाउमा हिड्दै जादा सुर्खेतको एक दम्मै बिकट ठाउ त्यहाको मानिसहरुले गोरे बहादुर खापाङ्गीको बारेमा चर्चा गरेको सुने।कुनै बेला गोरे बहादुर खापाङ्गी गाउ गाउ अभियान लिएर हिडेका थिएछन्।४६ सालको वरपर जन्मेको यो पार्टी आजसम्म आइपुग्दा प्रौढ समयमा आइपुगेको हिसाबले र यसले बोकेको सिधान्त / मुद्दाको हिसाबले पनि यसले आकार प्राप्त गरेको बताए ।

उक्त कार्यक्रममा उपस्थित सबैले एक्कै स्वरमा जनमुक्तिको बिचार, सिधान्ताले नै देश चलेको बताए।उनीहरुले थप्दै चाहे त्यो उपेन्द्र होस् या चाहे लिम्बुवान होस् ,चाहे त्यो जनयुद्द होस्,त्यो जनामुक्तिकै बिचार सिधान्ताको जगमा टेकेर भएको र अहिले आएर कांग्रेस र कम्युनिष्ट पनि यसको बिचार र सिधानातामा लालाहित भएको देखिने बताए।

जनमुक्तिले आफ्नो बिचार सिधान्त अरुले लागेर चुनाबी मुद्दा बनाउदा पनि त्यो जनमुक्ति पार्टीको हो भनेर भन्न नसक्नु यसको कमजोरी रहेको नारायण वाग्ले बताए।
कार्यक्रममा पार्टीका संस्थापक अध्यक्ष एम.एस थापाले आफुहरु जनताको माझ जान नसक्नु आफुहरुको कमजोरी रहेको स्वीकार्दै छैठौं महाधिबेशन बाट निर्वाचित पदाधिकारीहरुलाई जनताको घर-घरमा जान र पार्टीलाई थप बलशाली बनाउन निर्देशन दिएका छन्।

पार्टीको पृष्ठभूमि
वि.सं. २०४७ वैशाख २३ गते काठमाडौँ (नेपाल) मा नेपाल राष्ट्रिय जनमुक्ति मोर्चाको नामबाट यो पार्टीको जन्म भएको हो । यही नामबाट पार्टीले वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा ‘मान्छे’ चुनाव चिन्ह लिएर भाग पनि लियो । त्यस पश्चात वि.सं.२०४८ माघ ६ गते राष्ट्रिय जन पार्टीसंग एकीकरण भएपछि राष्ट्रिय जनमुक्ति पार्टीको नामकरण भएको हो । यसपछि भएका २०५१ सालको मध्यावधि निर्वाचन, २०५६ को संसदीय निर्वाचन र २०६४ को संविधान सभाको निर्वाचनमा ‘घर’ चुनाव चिन्ह लिएर पार्टीले भाग लिई सकेको छ । पार्टीको २३ वर्षीय जीवनकालमा प्रथम (२०५३ जेठ, काठमाडौँ ), दोश्रो (२०५६ मंसिर, रुपन्देही ) तेस्रो (२०६२ फाल्गुन, ललितपुर) र चौथौ (२०६७ फाल्गुन, नवलपरासी),पाचौ(२०७३ साल जेष्ठ,ललितपुर) र छैठौ(२०७८ भदौं,धरान-सुनसरी)गरी छ वटा राष्ट्रिय महाधिवेशन सम्पन्न भईसकेका छन् । ‘जनमुक्ति विचारधारा’ लाई मार्गदर्शक सिद्दान्तको रूपमा आत्मसात गर्दै ‘बहुजातीय लोकतान्त्रिक समाजवाद’ स्थापनाको लागि निरन्तर अग्रसर राष्ट्रिय जनमुक्ति पार्टी सामुहिक नेतृत्व र कार्यकर्तामा आधारित सङ्गठन प्रणाली अनुसार संचालित रहेको छ ।
आदिवासी, जनजाति, दलित एवं उत्पीडित समुदायको मुक्तिको लागि नेपालमा सङ्घीय व्यवस्था हुनुपर्छ भनेर आवाज उठाउने नेपालको पहिलो पार्टी राष्ट्रिय जनमुक्ति नै रहेको छ ।
पार्टीले जातीय जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र हक अधिकार दिलाई सोही आधारमा शिक्षा, सरकारी वा गैरसरकारी सेवा, रोजगारी र औद्योगिक व्यवसायहरूमा संवैधानिक र कानुनी रूपमा आरक्षणको व्यवस्था गरी सबै जाति, भाषा र धर्मावलम्बीहरूलाई राज्यको नीति निर्माणमा सहभागी बनाई उनीहरूको राष्ट्रिय पहिचान कायमै राखी राज्यको मूल प्रवाहमा एकताबद्ध गरी “राष्ट्रिय एकता, स्थायी शान्ति र दिगो विकासको आधार, जातीय समानुपातिक प्रतिनिधित्व र सङ्घात्मक सरकार” को मूल मन्त्र सहित “जनमुक्ति विचारधारा” लाई मार्गदर्शक सिद्धान्तको रूपमा आत्मसात गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा “बहुजातीय लोकतान्त्रिक समाजवाद” स्थापनाको लागि निरन्तर अग्रसर र कृयाशिल रहेको छ ।
२०६४ सालको संविधानसभाको निर्वाचनबाट २ जना सभासद निर्वाचित भएको थियो । २०४८ साल देखि नै यस पार्टीको नेतृत्व एम.एस. थापा (मलवरसिं थापा) ले गर्दै आएको थिए ।हाल यसको दुइ अध्यक्ष छन:संघीय परिषद अध्यक्ष केपी पालुङ्गवा र कार्यकारी अध्यक्ष केशब सुर्यबंशी रहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय