jQuery(document).ready(function($){ //
});

संयुक्त विद्यार्थी संगठनहरुको तर्फबाट मिति २०७८ साल माघ ०४ गते दमक क्याम्पस प्रशासन तथा क्याम्पस संचालक समितिलाई क्याम्पस तथा विद्यार्थीहरुको विविध समस्याहरु उल्लेख गरी १० बुदे माग सहित तिन दिनको अल्टिमेटम सहित संयुक्त प्रेस विज्ञाप्ती जारी गरेको थियो। उक्त विषयमा क्याम्पस प्रसाशन तथा संचालक समितिले वेवास्था गरि विद्यार्थीहरुको अधिकार माथि थप कुठाराघात गरि विद्यार्थीहरुको जायज मागलाई ढाकछोप गर्ने कार्य गरेको हुदा संयुक्त विद्यार्थी संगठनहरु कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाई सामाजिक दुरी कायम गरि निम्न संघर्षका कार्यक्रमहरुको घोषणा गरेका छन् ।

कार्यक्रमहरु :

RAWA Hills Town Property

RAWA Hills Town Property

१) २०७८/१०/०७ गते क्याम्पस प्रशासन घेराउ तथा नाराजुलुस प्रदर्शन ।

२) २०७५ / १० / ०९ गते कालो फेटा सहित सिटी जुलुस प्रदर्शन ।

३) २०७८/१०/१० गते कालो झण्डा सहित नारावाजी तथा पमप्लेट प्रदर्शन |

४) २०७८/१०/११ गते विद्यार्थीहरुबाट १ रुपैया संकलन गरि लेखा प्रशासनलाई बुझाई क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चित कालीन तालबन्दी ।

५) थप आन्दोलनका कार्यक्रमहरु २०७८ /१०/१२ गते विज्ञप्ती मार्फत घोषणा गर्ने छन् ।

यस अघि संयुक्त विद्यार्थी सङगठनहरुले पेश गरेका मागहरु तपशिल बमोजिम छ्न्न।

मागहरू :

१) इमान्दार जेहेन्दार तथा गरिव विद्यार्थीहरुले पाउने १५% छात्रवृक्ति क्याम्पस प्रशासनको चरम लापारवाहीको कारण विगत दुई वर्ष देखि छात्रवृति वितरण नगरिएको हुनाले विभिन्न संकायहरुको • तत्काल छात्रवृति वितरण गर्नुपर्ने ।

(२) करिब दश वर्ष अघि स्थापना भएको आदिवासी जनजाती छात्रवृति कोष सम्बन्धमा आदिवासी जनजाती छात्रवृति वितरण गर्न लागि क्याम्पस प्रशासनबाट समिति तयार गरि अन्तर्वाता समेत भई अन्तिम सूचिको नामवली छनौट गरि प्रकाशन नगरेको हुनाले सो छात्रवृक्ति तत्काल प्रकाशन गर्नुपर्ने ।

३) मासिक समस्यामा रहने छात्राहरुको अध्ययनलाई सहज बनाउन बनाइएको “CHANGING ROOM” लाई पूर्ण व्यवस्थापन गरि आवश्यक सेनिटेरी प्याडहरुको व्यवस्थापन तत्काल गरिनुपर्ने ।

४) क्याम्पस आवत जावत गर्न विद्यार्थीहरुलाई यातायातमा भोग्नु परेको समस्या र यातायात व्यवसायीको विरुद्ध संयुक्त विद्यार्थी संगठनले गरेको आन्दोलन र पहल सर्वविदितै छ । उक्त समस्यालाई समाधान गर्नका निम्ति क्याम्पसमा भएको यातायातलाई सहि सदुपयोग गर्दै यातायातका साधन थप गरि सञ्चालन मर्नुपर्ने ।

५) विद्यार्थी कल्याण कोषमा भएको रकम क्याम्पस प्रशासनले क्याम्पसलाई घाटामा देखाई क्याम्पस सञ्चालनको निमित्त लिएको ऋण व्याज सहित तत्काल विद्यार्थी कल्याण कोषमा फिर्ता गर्नुपर्ने ।

६) क्याम्पस प्रमुखले आफ्नो कार्यभारमा रहि रहदा अनिवार्य रुपमा न्यूनतम १ पिरियड कक्षा भार उठाउनु पर्ने व्यवस्था हुदा हुँदै दुई वर्ष देखि कक्षा भार नलिएको जस्को कारण क्याम्पसको विधानको धजिया उठेको साथै आर्थिक रुपमा समेत भार भएको कारण क्याम्पस प्रमुखले नैतिक रुपले राजिनामा दिनुपर्ने ।

७) क्याम्पस भर्ना अघि लिइने प्रवेश परिक्षामा सर्वउत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण संकायका विद्यार्थीहरुलाई अनिवार्य छात्रवृत्ति प्रदान गरिनुपर्ने ।

८) क्याम्पसको वार्षिक कार्यक्रम अन्तरगतको खेलकुद सप्ताहको शुल्क विद्यार्थीहरुबाट लिइएता पनि विगत दुई वर्ष देखि खेलकुद सप्ताह नभएकोले उक्त सम्बन्धमा स्पष्ट पार्दै क्याम्पस पुन संचालनमा आएपछि खेलकुद सप्ताह शुरु गरिनु पर्ने ।

९) स्ववियू र क्याम्पस प्रशासन विच भएका सम्पूर्ण सहमतिहरुलाई स्ववियू प्रतिनिधि सहित छलफल गरिकार्यन्वयन गरीनुपर्ने ।

१०) दमक क्याम्पस संचालन समितिमा विद्यार्थीहरुको प्रतिनिधित्व नभएको कारणले विद्यार्थीहरुको धेरै समस्याहरु सम्बन्धीत निकाय सम्म पुग्न नसकेको हाम्रो ठहर छ । त्यसैले संचालक समितिमा सम्पूर्ण राजनैतिक दलको, स्थानिय सरकार, प्राध्यापक प्रतिनिधि, कर्मचारी सबैको प्रतिनिधित्व भई रहेको हुदा विद्यार्थी संगठनको पनि अनिवार्य रुपमा प्रतिनिधित्व गराउनु पर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय