मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ र उर्लाबारी वडा नं. १ कोे सिमाना बाट उत्तर ड्रेन निर्माण कार्य सुरु भएको छ । उर्लाबारी र मिक्लजुङको सिमाना बाट उत्तर तिन सय ७७ फीट दुबै तर्फ ड्रेन निमार्ण गरीने मिक्लाजुङ गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष सोमनाथ अधिकारीले बताउनु भयो । लामो समय देखी उर्लाबारी–मधुमल्लाको बैकल्पीक सडककोे रुपमा परिचित सो सडकमा व्यवस्थीत ढल निकास नहुदा बाटोमा हिढडुलमा समेत समस्या आउने गरेकोमा अब ड्रेन निर्माण भए पछी थप सहज हुने स्थानीय योगेन्द्र प्रसाद भट्टराईले बताउनु भयो । उत्त ड्रेन निर्माणको ठेक्का उत्तम प्रगती निमार्ण सेवा इलामले पाएको छ । गत पौष २७ बाट सम्झौता भई काम सुरु भएको सो डे«न निमाण कार्य सम्झौता अवधी भन्दा अगावै निमार्ण सम्पन्न गर्ने लक्ष्य रहेको उत्तम प्रगती निमार्ण सेवाका प्रतिनिधी प्रमिस नेपालले बताए । हाल सम्म योजनाको करीब ४० प्रतिशत काम सम्पन्न भएको उत्तम निमार्ण सेवाका प्रतीनीधि सन्देश श्रेष्ठले बताए । सो योजनाको कुला लागत २८ लाख ९८ हजार ८२ रुपया १५ पैशा रहेको छ । भने योजना सम्पन्न मिति २०७९ जेष्ठ सम्म रहेको छ।






