jQuery(document).ready(function($){ //
});
-सुमन खड्का

सहिद हरु फगत मुर्ति मै सिमित रहे पनि,
तिनिहरुका आदर्श उहिल्यै हामीले पोलेर
खाए पनि,
हाम्रो स्वतन्त्रता इन्द्र चोकमा शुक्रराज बोलिदिएकै भरमा
हामीले बिर्ता पाएका हौ।।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र,
यी तिनै ब्यवस्था आउनु पछि,
कति मारिए! , कति हराए !, बेपत्ता बनाइए!
यति धेरै लाश टेकेर उभिएका हामी,
ती देशका लागि बिलाएका सपुतहरुलाइ,
किन राज्यले आफ्नो अभिभावक मान्दैन,
हामी जनताको त कुरै छाडौ ,
लठ्ठी नै नलगाई,
बादरहरुको कति राम्रो नृत्य चलिरहेछ हामी बिच धेरै समयबाट।
त्यसैले हामी ती सबै बिर्सिदै छौ,
जुन हामी हौ,
वा जसको अवसान हाम्रो सुरुवात थियो ।

बाध्यताले जकडिएर भन्ने,
वा परिवेशले अलमलिएर हो,
जो कोहि आज मस्त छ ।
अहिलेको हरेक संरचना भत्काउन र,
फेरि नयाँ ब्यवस्था जन्माउन ,
कति त फेरि आहुती दिन पनि सज्ज भएका छन।

तर अब रगतको कति महत्त्व रह्यो र?
हामी त पखेटा बिहिन कठपुतली मात्रै हौ,
चतुरेहरु हाम्रो बलिदान बेच्न तयार छन् ।
हामी भने कोहि चितामा हुनेछौ,
कोहि त्यहि चिता हेरर खित्का छाड्नेछौ ।

मसानघाटबाट मारिएका मध्ये कोहि उठेर,
फेरि इन्द्र चोकमा चिच्याए पनि हुने।
कसरी पुरिएका,
जलाइएका,
हराएकाहरु,
आज बेश्या बनेका छन् ।
केवल स्वार्थपुर्तीका लागि फालिएका गोटिहरु!!
खाडलमा खदेडेका नेपालका भुतहरु बिचबाट,
कोहि ब्युझिएर ,
हामिलाइ तर्साए पनि हुने!!!🕯️📖❣️🇳🇵

महान सहिदहरुमा श्रद्धासुमन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय