jQuery(document).ready(function($){ //
});

कलाकार दिपक क्षेत्रीको निधन भएको छ। ५८ वर्षीय कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका थिए। उनको शरीर अहिले महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।

शुक्रबार साँझ एक चलचित्रको स्वरांकन सकेपछि उनी डिल्लीबजारको घरमा आफ्नो कोठाको चुक्कुल लगाएर सुतेका थिए, बिहान ढिलासम्म नउठेपछि उनका छोराले प्रहरीलाई खबर गरेका थिए। उनलाई उनकै कोठामा मृत भेटिएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

गएको वर्षमात्र उनको घाटीको नलिमा मासु पलाएको थियो। यो समस्याको समाधानका क्रममा उनको स्वर गुमेको थियो। उनले काम गरेको पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ हो। उनले १०० भन्दा धेरै चलचित्रहरुमा काम गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय