।। देवी प्रसाद पौडेल।।
उद्योग बाणिज्य संघ दमकले ईलाका ट्राफिक प्रहरी कार्यालय दमकलाई एक थान प्रिन्टर उपलब्ध गराएको छ । बाणिज्य संघमा आज संक्षिप्त कार्यक्रम गरि उक्त मल्टियुजर प्रिन्टर दमक ट्राफिकलाई हस्तान्तरण गरिएको हो ।
उद्योगा बाणिज्य संघ दमकमा अध्यक्ष गोकुल श्रेष्ठले फोटोकपि, स्क्यान र प्रिन्ट गर्न मिल्ने मल्टियुजर प्रिन्टर ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरिक्षक सुन्दर श्याम पोखरेललाई हस्तान्तरण गर्नु भएको हो । उक्त प्रिन्टर हस्तान्तरण गर्दै उद्योग बाणिज्य संघ अध्यक्ष श्रेष्ठले नागरिकसंग प्रत्यक्ष जोडिएको ट्राफिक कार्यालयलाई काम गर्न सहज होस भनेर उक्त सामाग्रि हस्तान्तरण गरिएको बताउनु भयो । कार्यक्रममा ईलाका ट्राफिक प्रहरी कार्यालय दमक प्रमुख पोखरेलले यस अघि प्रिन्टर मेसिनको अभावमा कार्यालयका कुनै डकुमेन्ट प्रिन्ट गर्न पेन ड्रईभमा बोकेर चोक आउनु पर्ने बाध्यता रहेकोमा अब त्यो समस्या हटेर जाने बताउनु भयो । अब नागरिकलाई छिटो सेवा दिन सहज हुने उहाँले बिश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा उद्योगा बाणिज्य संघ दमकका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईं, द्वितिय उपाध्यक्ष राजु खड्का, त्रितिय उपाध्यक्ष रमा लिम्बु, ईलाका ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण समिति सचिव तथा बाणिज्य संघका कार्य समिति सदस्य चन्द्र खत्री लगायत बाणिज्य संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।






