jQuery(document).ready(function($){ //
});

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज मङ्गलवार निगममा बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको हो ।

मङ्गलवार राती १२ बजेदेखि लागू हुने गरी निगमले जारी गरेको नयाँ मूल्य अनुसार अब  पेट्रोलको खुद्रा बिक्री मूल्य प्रति लिटर १ सय ४२ रुपैयाँ, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रति लिटर १ सय २५ रुपैयाँ कायम गरेको छ।  त्यस्तै निगमले आन्तरिक हवाई इन्धनको बिक्री मूल्य प्रति लिटर १ सय १६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको बिक्री मूल्य प्रति किलो लिटर एक हजार ९५ अमेरिकी डलर कायम गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

निगमले एलपी ग्यासको मूल्य नबढाई हाललाई यथावत् नै राखिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय