jQuery(document).ready(function($){ //
});

दमक जेसीज बर्ष २०२२ का लागि नयाँ कार्यसमितिलाई पूर्णता दिदैं पद हस्तान्तरण गरिएको छ । मंगलबार भएको ४१ औं पदहस्तान्तरणमा सन २०२१ का अध्यक्ष सुयोग खरेलले सन २०२२ का नवनिर्वाचित अध्यक्ष सञ्जिब बराललाई पद हस्तान्तरण गरेका छन । बरालको अध्यक्षतामा रहेको दमक जेसीज बर्ष २०२२ को बोर्डमा कार्यकारिणी उपाध्यक्षद्धय राज अग्रवाल र सन्दीप न्यौपाने , महासचिब–मुकेश अग्रवाल , सचिब सुमन कोइराला र कोषाध्यक्ष सहदेब भट्टराई रहेका छन । त्यस्तै कानुनी सल्लाहकारमा रामचन्द्र अधिकारी ( आरसी) र प्रकरण निर्देशकमा सुनिता आचार्य, उपाध्यक्षहरुमा समिर दाहाल, रुवल अधिकारी, सन्ध्या अधिकारी र साजन श्रेष्ठ रहेका छन भने तालिम निर्देशकमा राजेन्द्र विमली र जनसम्पर्क अधिकारीमा लोकनाथ सापकोटा रहेका छन ।

त्यसैगरी शाखा सम्पादकमा दिपेश दाहाल, स्वास्थ्य संजोयक सरोज ढकाल, संघ संस्था संयोजक –उमेश गजमेर, विज्ञान प्रविधि संयोजक बिनोद उप्रेती, बितिय संयोजक नवराज घिमिरे र खेलकूद संयोजक सुदीप सागर भट्टराई रहेका छन । प्रदेश एक सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्य र निवर्तमान अध्यक्ष सुयोग खरेलको सभापतित्वमा भएको पद हस्तान्तरण कार्यक्रममा दमक नगर प्रमुख रोमनाथ ओली, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी लगायतको विशेष आतिथ्यता रहेको थियो । सो अवसरमा दमक जेसीजका दमक जेसीजका पूर्व अध्यक्षहरु, राजनीतिक दल तथा सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय