jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे ।। मोरङ्ग।।

दलीय भागबण्डा पुर्‍याउन मन्त्रालय विभाजन गरेको प्रदेश नं. १ सत्तारुढ गठबन्धनले आईतबार मन्त्रिपरिषद विस्तार कार्यलाई पुर्णता दिएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

चौतर्फी आलोचना र विरोधका बाबजुद सत्ता गठबन्धनले आईतबार विभाजित मन्त्रालय अनुसार मन्त्रिपरिषद विस्तार गरेको छ । प्रदेश नं. १ सरकारको ६ सदस्यीय मन्त्रिमण्डल अब १४ सदस्यीयमा मन्त्रिमण्डलमा रुपान्तरण भएको हो । आईतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा जिम्मेवारी बाँडफाँड सहित नवनियुक्त ८ जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आईतबार नेपाली कांग्रेसबाट ३, नेकपा (एकीकृत समाजवादी) बाट ३ र माओवादी केन्द्रबाट २ जनाले शपथ ग्रहण गरेका हुन् । आईतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

अब कायम भएका मन्त्री र उनीहरुको कार्यविभाजन

१. राजेन्द्र राई – मुख्यमन्त्री
२. इन्द्रबहादुर आङबो – आर्थिक मामिला तथा योजना मन्त्रालय
३. हिमाल कार्की – सडक पुर्वाधार तथा सहरी विकास मन्त्रालय
४. केदार कार्की – आन्तरिक मामिला तथा कानुन मन्त्रालय
५. जयराम यादव – स्वास्थ्य मन्त्रालय
६. राम कुमार राई – खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालय
७. राजन राई – सामाजिक विकास मन्त्रालय
८. खिनु लङ्वा लिम्बु – संस्कृति तथा पर्यटन मन्त्रालय
९. झलक बहादुर मगर – कृषि मन्त्रालय
१०. शेखरचन्द्र थापा – वन, वातावरण तथा भु–संरक्षण मन्त्रालय
११. ओम प्रकाश सारावगी – भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
१२. प्रताप प्रकाश हाङगाम – उद्योग, श्रम तथा रोजगार
१३. उपेन्द्र घिमिरे – यातायात व्यवस्था तथा सञ्चार
१४. बिष्णु तुम्बाहाम्फे – सामाजिक विकास मन्त्रालय (राज्यमन्त्री)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय