सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले ७५३ वटै स्थानीय तहमा एकैपटकमा निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि २०७४ सालमा भने तीन चरणमा निर्वाचन भएको थियो । त्यतीबेला वैशाख ३१, असार १४ र असोज २ गतेगरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।






