झापा दमकका उदियमान गायक आयुश्मान चापागाँईको नयाँ गीत तयार भएको छ । यस अघि मुरली तिरीरीबाट दर्शक श्रोताको मन जितेका आयुश्माले शिशिर भण्डारीको शव्द र संगीतमा नयाँ गीत ल्याउन लागेका हुन् । नयाँ नयाँ प्रतिभाको प्रोत्साहनमा सहयोग गर्दै आएका शिशिरको शव्द र संगीतलाई आयुश्मानले मायालू स्वर दिएका छन् । उनलाई सुजता पाण्डेले पनि साथ दिएकी छन् । सो गीतको आकर्षक भिडीयो समेत तयार भएको छ भने भिडीयोमा आयुश्मानसँगै नितिशा शर्माको रोमान्स देख्न पाईने छ ।

सो मायालू गीत भ्यालेन टाईन डे को अवसर पारि १४ फेबु्रअरीका दिन नयाँ नयाँ न्युज नेपाल युट्युव च्यानलबाट सार्वजनिक गर्ने तयारी रहेको आयुश्मानले बताएका छन् । आकर्षक जिउडाल र चेहराका आयुश्मानलाई भिडीयोमा निर्देशक विकल श्रेष्ठले अभिनय गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय