jQuery(document).ready(function($){ //
});

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा भीषण आगलागी भएको छ ।

आगलागीबाट झरेन्द्र खतिवडाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अन्य दुई घरमा आगलागी भइरहेको वडाध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आगो नियन्त्रणका लागि सदरमुकाम फिदिमबाट दमकल पठाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीबाट पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार नै जोखिममा परेको छ । सदरमुकाम फिदिमबाट दुईवटा दमकल आगो नियन्त्रणका लागि पठाएको जिल्ला प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी तीर्थराज पौडेलले जानकारी दिए । 

सदरमुकामदेखि यासोक बजार करिब २० किलोमिटर दूरीमा पर्छ । कच्ची सडक भएकोले आगलागि स्थलमा दमकल पुग्न बाँकी छ । 

आगलागी नियन्त्रणका लागि सदरमुकामदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई पनि परिचालन गरिएको पौडेलले बताए । 

डाँडामा बजार भएको र बजारका घरहरू काठका छन् । जसले गर्दा आगलागीबाट बजार नै जोखिममा परेको वडाध्यक्ष देवेन्द्र लावतीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय