jQuery(document).ready(function($){ //
});

आज ‘भ्यालेन्टाइन डे’ अर्थात् ‘प्रणय’ दिवस । यस दिन प्रेम गर्ने जोडीहरूले आपसमा प्रेम साटेर मनाउँदै छन् । 

यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेम भाव साटासाट गर्ने गर्दछन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

विशेष गरी युवापुस्ताले १४ फेब्रुअरीको दिन “भ्यालेन्टाइन डे” लाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्छन । एक अर्कालाई मायाको चिनोको रूपमा विभिन्न उपहार दिएर आजको दिन विश्वभर उत्सवको रूपमा प्रेमी प्रेमीकाले उत्साहका साथ ‘भ्यालेन्टाइन डे’ मनाउँछन् ।

आजको दिनलाई प्रेम प्रस्ताव राख्ने र प्रेम बसिसकेकाहरूले आपसमा प्रेम साटासाट गरी रमाइलो गर्ने चलन छ । 

सप्ताहव्यापी मनाइने प्रणय दिवसको विशिष्ट खालको इतिहास छ । “भ्यालेन्टाइन डे” को सुरुवात  रोमनबाट सुरु भएको मानिन्छ ।  रोमबाट सुरु भएर पश्चिमी देशहरूमा फैलिएको प्रणय दिवस मनाउने चलन अहिले नेपालमा पनि विस्तार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय