jQuery(document).ready(function($){ //
});

सवारीसाधन निर्माता निसानले नेपाली बजारमा अल न्यु नभाराको लाइफस्टाइल एठिडसन नभारा प्रो फोरएक्स सार्वजनिक गरेको छ। 

पिकअप सेग्मेन्टमा ८० वर्षयता ग्राहकको मन जितेको कम्पनीले उन्नत प्रविधिसहितका उत्पादन बजारमा ल्याउँदै आएको छ। 

RAWA Hills Town Property

RAWA Hills Town Property

अल न्यु निसान नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सुरक्षा प्रणालीलगायत विभिन्न बेस्ट इन क्लास टेक्नोलोजी रहेको कम्पनीको दाबी छ। 
यसले नभारालाई अझै परिष्कृत बनाएको छ। 

द अल न्यु नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयाग गरिएको छ भने बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको छ। 

त्यसैगरी यसमा थिन फिल्म ट्रान्सलेटर मिटर र एड्भान्स्ड इन भेइकल इन्फोटेनमेन्ट प्रयोग गरिएको छ। नभारामा इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, भेइकल डाइनामिक कन्टोल, ट्याक्सन कन्टोल सिस्टम र हाई विम असिस्टलगायतका सेफ्टी फिचर उपलब्ध छ। 

नभारामा बेटर फ्युल इकोनोमी, हयान्डलिङ र राइड कम्फर्टका साथै डाइनामिक पर्फमेन्स र सेफ्टी उपलब्ध छ। त्यसैगरी यसमाआर्म रेस्ट, बेड फङसनालिटी, अफरोड मोनिटरसहितको इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्टसहितको आकर्षक फिचर छ। 

यी सबै नयाँ फिचरका कारण यो गाडी अल्टिमेट ट्राभल र वर्कसाइट पार्टनर बनाउन योग्य छ र अप्टिमल रुम, कम्फर्ट, सेफ्टी र सहजताका कारण जस्तोसुकै सडकमा पनि चुनौतीको सामनागर्न तयार छ । निसान इन्डिया अपरेसनका अध्यक्ष सिनान ओजकोकले भने, ‘हामी नेपाली बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न सफल भएकोमा गर्व गर्छौँ। अल न्यु नभाराको उपलब्धतापश्चात हामीले हाम्रा ग्राहकका लागि बेस्ट पर्फमेन्स गाडी उपलब्ध गराउनेछौँ र यसले बजारमा निसानको स्थितिलाई अझै बलियो बनाउन सहयोग गर्नेछ।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय