jQuery(document).ready(function($){ //
});

झापाको बिर्तामोड र दमकमा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राखेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाले प्रदेश प्रहरी कार्यालय, विराटनगरसँगको समन्वयमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।घटनामा ‘हिमाल सुरक्षा परिषद्’सँग जोडिएका एक पुजारीसहित चार जना पक्राउ परेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । प्रेसर कुकुर दिने महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाविरुद्ध विष्फोटक पदार्थ ऐन, २०१८ अनुसार म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

घटनामा संलग्न एक जना अझै फरार छन् । झापाको बिर्तामोडमा ९ माघ र दमकमा १३ माघमा प्रेसर कुकुर बम जस्तो देखिने विष्फोटक पदार्थ बरामद भएको थियो । सेनाले त्यसलाई डिस्पोज गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय