मुरली तिरीरीबाट दर्शक श्रोताको मन जितेका झापा दमकका उदियमान गायक आयुश्मान चापागाँईले भ्यालेन्टाईन डेको दिन पारेर नयाँ गीत सार्वजनिक गरेका छन् । यस अघि समेत श्रोता र दर्शकको मन जितेका आयुश्माले भ्यालेन्टाईन डेको दिन पारेर मायाँ भावको गीत ल्याएका हुन् । शिशिर भण्डारीको शव्द र संगीतमा सार्वजनिक भएको नयाँ गीत पहिलो दिनमानै युट्युवमा रुचाईएको छ । नयाँ नयाँ प्रतिभाको प्रोत्साहनमा सहयोग गर्दै आएका शिशिरको शव्द र संगीतलाई आयुश्मानले मायालू स्वर दिएका छन् । उनलाई सुजता पाण्डेले पनि साथ दिएकी छन् । सो गीतको आकर्षक भिडीयोमा आयुश्मानसँगै नितिशा शर्माको रोमान्स र प्रेम देख्न पाईने छ ।
नयाँ नयाँ न्युज नेपाल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । आकर्षक जिउडाल र चेहराका आयुश्मानलाई भिडीयोमा निर्देशक विकल श्रेष्ठले अभिनय गराएका हुन् । आगामी दिनमा पनि गीत संगीतलाई निरन्तरता दिने लक्ष्य रहेको आयुष्मानले बताएका छन् ।