
झापाको दमकमा रहेको रेडियो झापा (१००. ७ मेगाहर्ज) र प्लानेट मल्टिमिडियाको आयोजनामा स्टार आरजे को दोस्रो संस्करण गत पुस २९ गते देखि तालिम सञ्चालन भएको थियोे ।
दक्ष रेडियोकर्मी तथा संचारकर्मि उत्पादन गर्ने साथै सचार माध्यममा अब्बल बनाउने उदेश्यका साथ शुरु भएको तालिममा खोटाङ, पाँचथर, ईलाम, मोरङ साथै झापा बाट जम्मा १५ जना सहभागी रहेका छन् ।
तालिम पश्चात रेडियोको आफ्नै स्टुडियो बाट सहभागी प्रतियोगिहरुले आफ्नो दक्षता रेडियोको मार्फत हरेक दिन प्रस्तुति दिदै आइरहेको छन। उनिहरुको योग्यता र कलालाई पहिचान गरि ग्लोबल अनलाइन पे मार्फत सहभागी प्रतिस्पर्धीहरु लाई भोट गरि जिताउन सक्ने रेडियो झापाका प्रबन्धक निर्देशक कोशिस शिवाकोटिले बताउनुभयो ।
स्टार आरजेको दोस्रो संस्करणका टप १५ का लागि भोटिङ सोमबारदेखि खुल्ला गरिएको छ । आफुलाई मनपर्ने सहभागी लाई स्टार आरजे भएको हेर्न र सुन्न प्रतिस्पर्धिको भोटिङ कोड अनुसार फागुन मसान्तसम्म अत्यधिक भोट गरि जिताउन सकिने छ।
प्रतिस्पर्धी सहभागीहरुमध्ये पहिलो, दोस्रो र तेस्रो विजेताले आकर्षक उपहार साथै रेडियोमा काम गर्न पाउने शिवाकोटीले जानकारी दिनुभयो ।
भोट गर्नको लागि तल दिएको लिंकमा किलिक गर्नुहोस:
https://globalonlinepay.com/event-details?id=6209c53366d9312993c74571