धरान / धरान-४ भेडेटार जाने सडक खण्डको जंगलमा जेब्रा झोला भित्र छोरा मान्छेको टाउको र खुट्टा फेला परेको छ ।
धरान-भेडेटार जाने सडक खण्डको आपगाछी देखि ४ घुम्ती मास्तिर जेठमाने गोलाईको जङ्गलमा गोठाला र दाउरा खोज्न जानेले दुर्गन्ध आएको र जेब्रा झोलामा मानिसको खुट्टा बाहिर देखेपछि प्रहरीले खबर गरेका थिए ।
घटना स्थलमा प्रहरी पुगेर हेर्दा जेब्रा झोला भित्र टाउको र खुट फेला पारेको सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए ।
घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय धरान र सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली पुगेर घटनास्थलमा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।
टाउको र खुट्टा झोलामा भेटिएको भए पनि शवको जिउ भने भेटिएको छैन । हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । भेटिएको टाउको अनुसार हत्या गरेर फालिएका मानिस अन्दाजी ३०–४० वर्षको हुनसक्ने प्रहरी को अनुमान छ ।
ताजा समाचार
लोकप्रिय
© 2026: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd






