jQuery(document).ready(function($){ //
});

दारी ग्याङ झापाले लामो समयदेखि विरामी भई उपचार गर्दै आएका मनोज सापकोटालाई आफ्नो छैटौँ बाषिकोत्सवको अवसर पारेर आर्थिक सहयोग गरेको छ ।

दारी ग्याङ झापाका सकृय सदस्य कचनकवल गाउँपालिका वडा नम्बर -७ मा बसोबास गर्दै आएका २२ बर्षीय मनोज सापकोटा कलिलो उमेरमा (Classical Hodgkins Lymphoma) नामक प्राणघातक रोगबाट पीडित जीवन र मरणको दोसाधमा रहीरहेको अवस्थामा थप केही सहयोग मिल्ने भन्दै दारी ग्याङ झापाले घरैमा गएर रु एकलाख तीन हजार रुपैँया परिवारलाई हस्तान्तरण गरिएको दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले बताएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

दारी ग्याङ झापाका उपाध्यक्ष मनिष दाहालको संयोजनमा भएको उक्त अभियानबाट संकलित रकम जिल्ला समितिका उदाधिकारीको उपस्थितिमा टोली घरैमा पुगेको हो ।

२०१८ डिसेम्बर देखि(Classical Hodgkins Lymphoma) नामक प्राणघातकरोगबाट पीडित मनोज भारतको नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युटमा पहिलो चरणको केमोथेरापी गर्ने क्रममा जसोतसो तीस लाखरुपैँया जुटाई उपचार सफल भएको थियो, तर पुनः केही महिनाको अन्तरालपछि त्यही रोग अर्को ठाउँमा बल्झिएको र दोस्रो चरणको केमोथेरापी त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा भइरहेको क्रममा करिब १५ लाख खर्च लाग्ने र उक्त रोगलाई पूर्ण रूपमा निर्मूल गरेपश्चात हड्डीभित्रको मासी थप रुपान्तरण गर्नु पर्ने अवस्था सिर्जना भएकोले डाक्टरहरुबाट अनुमानित रकम चालीस लाख लाग्ने भएको हुँदा सवैमा सहयोग गरिदिन परिवारले आग्रह समेत गरेको छ ।

“गालामा दारी काधमा देश र सामाजीक जिम्मेबारी” भन्ने नारालाई सार्थक बनाउँदै आएको दारी ग्याङ झापाले पछिल्लो समय थुप्रै सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय