jQuery(document).ready(function($){ //
});

झापाको सदरमुकाम भद्रपुरस्थित महेन्द्रपार्कमा आज प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालय प्रमुखहरूले सरसफाइ गरेका छन् ।

बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा छैटौँ निर्वाचन दिवसका अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय परिसरबाट सुरु गरेर महेन्द्र पार्कलगायत सरकारी कार्यालय आसपासका क्षेत्रमा सफाइ गरिएको हो । सरसफाइ कार्यक्रमपछि जिल्ला समन्वय समितिको कार्यालय परिसरमा शुभकामना आदान–प्रदान कार्यक्रमसमेत गरिएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

जिसस प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षमा भएको कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतले प्रजातन्त्र स्थापना गर्न जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरुले पु¥याउनुभएको योगदानको कदर गर्नुभएको थियो ।

नजिकिरहेको स्थानीय तहको निर्वाचनबारे चर्चा गर्दै त्यसलाई मर्यादित बनाउन  सबै तहबाट जिम्मेवार बनेर लाग्न र लामो समय बिदा नबस्न सरकारी कार्मचारीलाई आग्रह गरिएको थियो । तीन दिनसम्म मनाइने प्रजातन्त्र दिवसमा सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, आज साँझदेखि तीनसम्म दीपावली गर्ने कार्यक्रम रहेको प्रजिअ रिजालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय