दमक जेसीजद्वारा आज दमकका तीनवटा विद्यालयमा आँखा परिक्षण शिविर सञ्चालन गरेको छ ।
जेसिजद्वारा आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत तिनवटा बिद्यालयका १७५ जना विद्यार्थीहरुको आँखा जाँच गरेको थियो।
मेची नेत्रालय दमकको प्राविधिक सहयोगमा दमक वडा नम्बर ८ का एलाईड अंग्रेजी बोर्डिङ स्कूल, रोजियट बोर्डिङ स्कूल र झापा मोडल अंग्रेजी बोर्डिङ स्कूलका विद्यार्थीहरुको आँखा परीक्षण गरिएको दमक जेसीजका अध्यक्ष सञ्जीव बरालले जानकारी दिए । उनका अनुसार एक दिने शिविरमा यूकेजीदेखि कक्षा ४ सम्मका विद्यार्थीहरुको आखाँ परीक्षण गरिएको हो ।
जेसिजका पुर्व अध्यक्ष दिलीप श्रेष्ठको प्रमुख आतिथ्यतामा आँखा परिक्षण शिविरको उद्घाटन गरिएको थियो । शिविरमा मेची नेत्रालयका सिनियर नेत्र सहायक अशोक तिवारीसहितका स्वास्थ्यकर्मीको टोलीले प्राविधिक सहयोग पुर्याएको थियो ।

शिविरमा परीक्षण गरिएका मध्ये करिव २० जनामा भने आखाँ कमजोर देखिने लगायतका समस्या पाईएको टोलीमा सहभागि नेत्र सहायक तिवारीले बताउनु भएको छ ।






