jQuery(document).ready(function($){ //
});
लेखक: प्रकाश खतिवडा

साला जागिर, तलाई सम्झेरै वाक्क लाग्ने
न आमाको चोली फेर्न पुग्छ, न बुबाको दौरा फेर्न नै
न भाइ बहिनीलाई हेर्न पुग्छ,
अहिलेलाइ श्रीमतीको पनि आवस्यकता होलान भनेर सम्झम मात्र
किन कि मेरो पनि अलिकति तलब आउँछ!
ए आउछ र तेरो नि तलब भने जसरि तलब ले नै जिस्काउछ
श्रीमतीको फरिया फेर्न अलिकति च्यात्यो,
घरपेटीको महिना मर्ने बित्तिकै चित्त बुझाउन पोख्यो!
अझै अलिकति बचेजस्तो गर्छ,
कलेजको फिले हिहि गरेर जिस्काईरहेको हुन्छ,
त्यसको हासो टाल्न नपाउदै मोबाइल रुन्छ, अनि भन्छ मलाइ पनि अलिकति है भनेर

अनि येसो सोच्छु, अफिस, काम, अनि बोस
आज छैन भोलि है भन्दा ति फिस्स हासेर जिस्काउने कलेज,
महिना मरेको खबर म भन्दा पहिले थाहा पाउने घरपेटी,
ग्यासको सिलिन्डर,
अनि दिनकै गाडी चड्ने बित्तिकै भाडा मिलाउनुस भन्ने सहचालक
यिनीहरुको चै भोलि आउदैन रैछ कि क्या हो?
हुन त तरकारी अनि चामलको बोराले मलाइ किन बिर्स्यो भनेर
कहिले कहिँ मात्र सम्झने भएर होला,
महिना मा केहि दिनमात्र पेटले गिग्याउछ,
यी सबैलाइ टाल्ने, छोप्ने गर्दा गर्दै बचेको झोकमा
साँझ आफ्नै मनको ओखती गर्यो मात्रा मिलाएर गर्न त कहाँ पुग्नु ?

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय