jQuery(document).ready(function($){ //
});

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो साता महिनामा विभिन्न देशबाट नेपालमा ४० लाखभन्दा बढी मोबाइल सेट भित्रिएको पाइएको छ । 

ती मोबाइल सेट खरिद गर्नको लागि नेपालबाट २८ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

भन्सार विभागले आज सार्वजनिक गरेको विवरण अनुसार २०७८ साउदेखि माघ मसान्तसम्मको अवधिमा नेपालमा ४० लाख ५ हजार ८०४ थान मोबाइल सेट भित्रिएको छ । 

सोही अवधिमा ती मोबाइल सेट खरिद गर्न नेपालबाट २८ अर्ब ३८ करोड ५६ लाख २७ हजार रुपैयाँ बाहिरिएको छ । 

मोबाइल सेटको आयातबाट नेपाल सरकारले ४ अर्ब ४९ करोड ११ लाख ९४ हजार रुपैयाँ राजस्व उठाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सुरुवाती सात महिनामा नेपालले विभिन्न देशबाट २४ अर्ब ६ करोड ८१ लाख ७० हजार रुपैयाँको ४३ लाख ६८ हजार ८७२ थान मोबाइल सेट खरिद गरेको थियो । 

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले मोबाइल सेट आयतमा ४ अर्ब ३१ करोड ७४ लाख ५७ हजार रुपैयाँ बढी खर्च गरेको छ । 
गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल सेट खरिद गरेको थियो । सो मुल्यमा नेपालमा ७० लाख ३० हजार ३६६ थान मोबाइल सेट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय