jQuery(document).ready(function($){ //
});

आज २०७८ साल फाल्गुन ११ गते बुधबारका दिन दमक-६ सन्तविर मार्गमा रहेको BYM एग्रो कन्सर्न (कर्मा कृषि केन्द्र) को विधिवत उद्घाटन समारोह सम्पन्न भएको छ।

आयोजित कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ प्रमुख अतिथि, कर्मा ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक सुरेश गुरुङ विशिष्ट अतिथि, दमक नगरपालिकाकी कृषि अधिकृत चन्द्रकला भट्टराई अतिथि र दमक नगरपालिकाका सामाजिक विकास अधिकृत डम्बर राज बराल अतिथि रहनु भएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उक्त उद्घाटन समारोहको अवसरमा BYM का संरक्षक द्रोण कुमार बरालले प्रमुख अतिथि लगायत विभिन्न अतिथिहरुलाइ कृषि सामाग्री उपहार प्रदान गर्नु भयो भने कर्मा ग्रुपका प्रबन्ध निर्देशक गुरुङले उपस्थित सम्पूर्ण किसानहरुलाइ सन् ह्याट वितरण गर्नु भयो ।

आयोजित कार्यक्रममा स्वागत मन्तव्य BYM का प्रोपाइटर मन्दिल बरालले राख्नु भएको थियो साथै प्रबन्ध निर्देशक गुरुङले कर्मा ग्रुप अफ कम्पनीज अन्तर्गत कर्मा कृषि केन्द्र प्रा. लि. ले कृषिमा आधुनिकीकरण, कृषक सम्म सहज पहुँच, साथै प्राविधिक सहयोग सहितको रुपान्तरणको लक्ष्य बोकेको बताउनु भयो साथै अन्य अतिथि ज्युहरुले शुभकामना प्रदान गर्नु भएको थियो।

झापा, सुनसरी, मोरङका किसानहरु उपस्थित समारोहको कार्यक्रम संचालन भने नरेन्द्र बरालले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय