jQuery(document).ready(function($){ //
});

।।भोजराज घिमिरे।। मोरङ्ग।।

बिराटनगरमा एक जना दुलाहाले दाइजो बहिष्कार गरेका छन्।
खासमा दुलाहा बनेका भारदह, सप्तरी निवासी बुचन राउतका नाति साथै ललिता देवि र लक्ष्मि राउतका कान्छा छोरा इन्जिनियर ओम राउतले आफ्नु विहेमा दाइजो नलिने अडान राखेका थिए। तर केटी पक्षले विवाहको दिन दाइजो दिने भन्दा उनले दाइजो नलिने भनेर तिलक दिने दिनमै घोषणा गरे।

RAWA Hills Town Property

RAWA Hills Town Property

दयाराम र उर्मिला मण्डलकि बि.बि.एस अध्यानरत छोरी पुजा मण्डल सङ्ग विवाह बन्धनमा बाधिएका ओम राउत पेशाले इन्जिनियर भएता पनि ऊनी एक युवा अभियानता साथै समाजिक कार्यमा आबद्ध व्यक्तित्व पनि हुन् ।

दुलाहा राउत भन्छन् ” परिवर्तन युवाले गर्ने हो, यो कुरा अरु बाट अपेक्षा गर्नु भन्दा आफै बाट सुरुवात गर्नु पर्छ भन्ने मान्यता राखेर दाइजो रहित र धुमधाम सङ्ग जन्ती ल्याएर विवाह गरेको हुँ ।”

राजधोव समुदायमा दाइजो एउटा परम्परा जस्तै रहेको तथा समुदायमा भएका केहि बुद्धिजिविहरुले समेत यस बारे केहि चासो नराखेको र यसबाट समुदायमा नराम्रो असर परिरहेको देख्न सकिन्छ ।

त्यसैले यो विवाह बाट यस राजधोव समुदाय साथै पुरै मधेसमा एउटा उदाहरण बन्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय