jQuery(document).ready(function($){ //
});

दमक प्रज्ञा प्रतिष्ठानले दमकका विभिन्न विधाका श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । शनिवार प्रतिष्ठानको चौथो स्थापना दिवसको अवसर पारेर दमकमा आयोजित समारोहका विच सम्मान गरेको हो ।

प्रतिष्ठानले एकैसाथ ६ वटा पुरस्कार वितरण गरेको छ । प्रतिष्ठानले फरक फरक विधामा पुरस्कार वितरण गरेको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले जानकारी दिनु भएको छ । पुरस्कारहरुमा दमक प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यस्तै दमक प्रज्ञा संस्कृति पुरस्कार डाक्टर सोमबहादुर धिमाललाई, दमक प्रज्ञा मातृभाषा सहित्य पुरस्कार रचना लावतीलाई, दमक प्रज्ञा कला साधना पुरस्कार चन्द्रा गड्तौलालाइ र दमक प्रज्ञा विज्ञान तथा प्रविधी पुरस्कार जसहाङ्ग लिम्बुलाई प्रदान गरिएको छ । यि पुरस्कारको राशी जनही २१ हजार रुपैयाँ रहेको छ । यसैगरी १५ हजार रुपैँया रहेको दमक प्रज्ञा बाल साहित्य पुरस्कार सेलीया श्रेष्ठलाई प्रदान गरिएको छ । कार्यक्रममा अध्यक्ष अधिकारीले प्रज्ञा प्रतिष्ठानले गर्दै आएका विभिन्न कार्यक्रम एवम् योजनाहरुका बारे जानकारी समेत गराउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङ्ले भाषा, कला, साहित्यको संरक्षण र सम्वद्र्धनमा दमक नगरपालिकाले गरेको योगदान र कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा भाषाविद् प्राध्यापक डाक्टर टंक न्यौपाने, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना लगायत विभिन्न क्षेत्रका सर्जकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न संस्कृतिका झाँकीनाचहरु समेत प्रस्तुत गरिएको थियो । । यस्तै दमक पुस्तकालयको उद्घाटन गरिएको छ भने विभिन्न श्रष्टाहरुका पुस्तक विमोचनसमेत गरिएको छ ।

दमक प्रज्ञा प्रतिष्ठानको चौथो वार्षिक उत्सवका अवसरमा कार्यक्रम गरिएको हो । कार्यक्रममा पूर्वी नेपालका विभिन्न जिल्लाका साहित्यकार, कलाकारहरुको सहभागीता रहेको थियो । यस्तै भारतका विभिन्न स्थानबाट समेत श्रष्टाहरु आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय