jQuery(document).ready(function($){ //
});

मेची महाकाली संयुक्त बुहारी आवाजको आयोजनामा ५ दिने उद्घोषण तथा नेतृत्व विकास सम्वन्धि तालिम शनिबार दमकमा सम्पन्न भएको छ । दमक नगरपालिकाको सहयोगमा भएको तालिम समारोहमा नगर उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने वडा नं. ६ का वडा अध्यक्ष टेकबहादुर थापा विशिष्ट अतिथी रहनु भएको थियो ।

आयोजक संस्थाकी दमक अध्यक्ष जमुना निरौला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले तालिम प्रभावकारी र उपयोगी रहेको बताएका थिए । सहभागीहरुलाई मन्जरी घिमिरेले प्रशिक्षण दिनु भएको थियो ।कार्यक्रम संचालन दमक सचिव रिना राई चेम्जोङले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपशाखा दमक उपाध्यक्ष सीता श्रेष्ठले राख्नु भएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय