झापाकाे दमक ७ मा दमक नगरपालिका तथा स्थानीय उपभोक्ताकाे आर्थिक सहयोगमा निर्माण भएको विभिन्न प्रजातिका गुलाफका फुलहरुकाे ( राेज गार्डेन) बगैंचा निर्माण सम्पन्न भए पश्चात् आज १ नम्बर प्रदेश सभा सदस्य माननीय अर्जुन राई ज्युको प्रमुख अतिथ्यतामा दमक नगरपालिका प्रमुख श्री राेम नाथ ओलि ज्युले बिधिबत रुपमा उदघाटन गर्नु भयाे ।
उक्त अबसरमा दमक स्थित वडा नं ७ का वडा अध्यक्ष श्री भिम पाैडेल लगायत बिभिन्न वडाका अध्यक्ष ज्यु हरु १ नम्बर प्रदेश हाेटल ब्यबसायी संघका अध्यक्ष श्री राजन दंगाल ज्यु दमक नगरपालिका स्थित प्रमुख प्रशासकिय अधिकृत श्री गणेश प्रसाद तिम्सिना ज्यु उघाेग बाणिज्य दमकका अध्यक्ष श्री गाेकुल श्रेष्ठ ज्यु लगायत नगरमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधि ज्युहरु तथा स्थानीय बासी र संचार कर्मि ज्युहरु लगायतको बाक्लाे उपस्थिति उद्घाटन कार्यक्रम सम्पन्न भएको थियाे ।
उक्त बगैचा निर्माणका लागि अहाेरात्र खटनु हुने श्री कृष्ण राज थापा र उहाकाे टिम सकृय उपस्थिति रहेकाे थियोे कार्यक्रम श्री टीका राम खरेलले संचालन गर्नु भएको थियोे ।
सो गार्डेनले दमककाे साैन्दर्यका लागि एक महत्त्वपूर्ण स्थान लिन सक्ने छ राेजगार्डेन निर्माण तथा सहयोग समिति सदस्य राजु खड्काले जानकारी दिनु भयो ।






