jQuery(document).ready(function($){ //
});


मिति २०७८।११।१५ गते अं. ०१:०० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १ नक्साल भगबतीस्थित सगरमाथा इन्स्युरेन्स भबनको भुई तलामा रहेको NIC Asia Bank को ATM बाट नगद चोरी गर्ने उद्देश्यले ATM फोर्दै गरेको अबस्थामा बैंकको सुरक्षा प्रणाली (Security System) मा Alarm/siren बज्न गई Police Control Room को Hunting Line १०० मा खबर हुनासाथ उक्त सूचना Police Control Room बाट
महानगरीय प्रहरी बृत्त, मालिगाऊँमा convey गरिएको ।
तत्कालै महानगरीय प्रहरी बृत्त, मालिगाऊँबाट खटिएको प्रहरीद्वारा काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नं. ७ घर भई हाल काठमाण्डौ जिल्ला सानो गौचरण बस्ने बर्ष २१ को आकाश तामाङलाई ATM फोर्न प्रयोग गर्ने २ वटा औजार सहित नियन्त्रणमा लिइएको ।
घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त, मालिगाऊँबाट थप अनुसन्धान भई रहेको ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय