jQuery(document).ready(function($){ //
});

कदम थिएटरका कलाकारहरु यतिबेला आफैले छानेर बुनेका कथा भन्न हेरक दिन दिउँसो १ बजे र साँझ ४ः३० बजे भेटिन्छन् यो साँघुरो फुच्चे नाटकघरको मञ्चमा । अघिल्ला नाटकहरुमा जस्तो यस पटकको नाटकमा दर्शक खँचाखँच छैनन्, तर कलाकारहरुले सुनाउने कथा, प्रस्तुति शैली र मौलिक संगीत भने बेजोड छ ।

१५ दिनअघि दमक आएका शिल्पी थिएटरका घिमिरे युवराजले नाटकभित्रको फरक विधा कथा वाचन शैली बारे कार्याशाला चलाए । शिल्पी थिएटरको सहकार्यमा कदमका कलाकारले कार्यशालाबाट सीप मात्रै सिकेनन्, यहि साँघुरो घरमा गरिएको कार्यशालाबाट जन्मियो यल्लो कमेडी र तयार भयो, दर्शकका लागि नाटक ।

RAWA Hills Town Property

RAWA Hills Town Property

‘पीत–हाँस्य’ नाटकको एउटा यस्तो रूप हो, जहाँ कलाकार आफैले भोगेका, सुनेका र नजिकका मानिसले भोगेका कथालाई अभिनयमार्फत भन्छन् । यसलाई सरलीकरण गर्दै नाटकका निर्देशकसमेत रहेका घिमिरे युवाराज भन्छन् –‘यो रूपमा कलाकारले आफैंलाई व्यंग्य गर्छन्, आफूले सुनाउन चाहेको कथा रोचक ढंगमा प्रस्तुत गर्छन्  ।’

राजधानी बाहिर पीत हाँस्य पहिलो पटक कदम थिएटरमा मञ्चन गरिएको थिएटरका कला निर्देशक सिजन दाहालको दावी छ  । उनी आफैले परिवारको खुशी खोज्न १४ वर्षअघि विदेश (खाडी मुलुक गएका बुबाले १४ वर्षपछि घर फर्कँदा आफ्नै छोरोलाई नचिनेको कथा रोचक र मार्मिक शैलीमा प्रस्तुत गरेका छन् ।

फागुन २१ गतेसम्म मञ्चन हुने नाटक यल्लो कमेडीमा यसअघि ६ वटा नाटकमा अभियन गरेका याङसाङ मुकारुङ गाउँघरमा धामी बाजेहरुले कसरी गाउँलेलाई मुर्गा बनाउँछन् भन्ने कथा भन्न मञ्चमा उफिन्छन् – ढङ्ढङ् ढङ्ढङ् ढङ्ढङ्, ठ्याङ्ठ्याङ ठ्याङ्ठ्याङ ठ्याङ्ठ्याङ .. गर्दै गाउँकै नामुद ढोले साइँलाका रूपमा ।

सागर खाती कामी मञ्चमा खुट्टाको गलत उपचारले भोग्नु परेको सास्तीलाई जीवन्त प्रस्तुती दिन्छन् । उनको कथा झापाको धुलाबारीदेखि पश्चिम बंगालको बिनागुढी हुँदै हातखुट्टाको हड्डी सम्बन्धि प्रख्यात उपचार केन्द्र महेशपुरमा आएर पूरा हुन्छ ।

त्यस्तै सुमित्रा पेहिमले बाल्यकालको रमाइलो र घरमा मोःमो बनाएर खाँदाको घटनालाई यल्लो कमेडीमार्फत दर्शकसमक्ष प्रस्तुत गरेकी छिन् । असहज समयमा उनी आमालाई सम्झन्छिन् र पालो दिन्छिन् सिजनलाई अर्को प्रस्तुतिका लागि ।

यल्लो कमेडीमा यी चार कलाकारका अतिरिक्त दीपक खरेल, मनिक शंकर, र पासाङ चोमु शेर्पा, रश्मी उप्रेती, नवीन रिजाल र सदीक्षा अधिकारीले कथावाचक कलाकारहरुलाई हरतरहले सहयोग गरेका छन् ।

चार जना कलाकारले सरदर १०–१० मिनेटमा आफ्नो कथा सुनाउँछन् भने एउटा कथाबाट अर्को कथामा दर्शकलाई जोड्न कलाकारहरुले बीचबीचमा निक्कै पुराना गीतहरु गाउँछन् । सबै कथामा बाल्यकालका भोगाइहरुलाई नै विषय बनाइएको छ । नाटक हेर्न जाने दर्शकलाई कुनै कथाले हँसाउँछन्, कुनै कथाले भावुक बनाउँछन् ।

पूर्व पश्चिम राजमार्गको दमक चोक खण्डबाट करिब २२ मिटर दक्षिण दमक ९ स्थित कदम थिएटरको सेउपाखा बहुसाँस्कृतिक नाटकघरसम्म पुगेर दमक र वरपरका नाटकप्रेमी दर्शकले ३ सय र विद्यार्थी सहुलियतमा १ सय ५० रूपैयाँ तिरेर नाटक हेर्न सक्छन् र १ घण्टाको समय भरपूर मनोरञ्जन लिन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय