jQuery(document).ready(function($){ //
});

मेची राजमार्गको चाराआली-केचना सडक खण्ड अन्तरगत भद्रपुरमा गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ । भद्रपुर- ९ स्थित पारिजात चोकमा सोमबार दिउसो ४ बजे चारआलीदेखि चन्द्रगढी जाने क्रममा प्रदेश १–०१–००१ ज ३५५० नम्बरको सेतो रङ्गको म्याजिक भ्यान (गाडी)मा आगलागी भएको हो ।

भद्रपुर–९ लक्ष्मी चोक निवासी गाडी धनी दीपक राउतका अनुसार आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको छ । गाडीमा तीन जना यात्रु सवार थिए । उनीहरूलाई केही नभएको उनले बताए । वायरिङ सर्ट भई गाडीमा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय