jQuery(document).ready(function($){ //
});

११२ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना हुन लागेको प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८र प्रथम दमक मेयरकप पालिका आमन्त्रित राष्ट्रिय कराते खेल प्रतियोगिता, २०७८ सम्बन्धि दमक नगरपालिकाले आज पत्रकार भेटघाट कार्यक्रम गरेको छ।

दमक नगरपालिकाले नगरमा समग्र खेलकुद बिकासका लागि एक छुट्टै नगर खेलकुद विकास समिति गठन गरेको छ । खेलकुद समितिको संस्थागत विकास लागि आवश्यक निर्देशिका बनाई युवाहरु लाई खेलकुदको माध्यम बाट विकासको मुल प्रवाहमा समेट्न विभिन्न विषयगत उप समितिहरु गठन गरी विभिन्न विधाका खेलहरु आयोजना गर्दै नगरले क्षमतावान खेलाडीहरु तयार गरि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पहुच बढाउन योजनाबध्दरुले खेलकुद योजना तयार गरि खेल आयोजना गरिरहको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यसै वर्षका अघिल्ला दिनहरुमा दमक मेयरकप वडा स्तरिय फुटवल खेल प्रतियोगिता, वडा अध्यक्षकप फुटवल प्रतियोगिता, १ न. प्रदेश स्तरिय भलिबल खेल प्रतियोगिता, पालिका स्तरिय भलिवल खेलकूद प्रतियोगिता, अन्तर्राष्ट्रिय चेस प्रतियोगिता जस्ता खेलहरु सम्पन्न गरि सकेको छ सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चिता भन्ने नाराका साथ ११२ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दमक नगरपालिका नगर खेलकूद विकास समिति र दमक भलिवल बिकास उप समितिको संयोजनमा प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता, २०७८ र दमक कराते खेल विकास उप समितिको संयोजनमा प्रथम दमक मेयरकप पालिका आमन्त्रित राष्ट्रिय कराते खेल प्रतियोगिता, २०७८ आयोजना हुन गइरहेको छ।

प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता

सहभागि टिमहरु :

•त्रिभुवन आर्मी क्लब, काठमाण्डौ

• नेपाल पुलिस क्लव, काठमाण्डौ

• नेपाल सशस्त्र प्रहरी वल, काठमाण्डौं

•न्यू डाइमण्ड स्पोर्टस एकाडमी काठमाण्डौ।

•प्रदेश नं. १ आयोजक ए रवि

प्रतियोगिता आयोजना मिति: २०७८ फागुन २१, २२, २३ र २४ गते।

प्रतियोगिता आयोजना स्थान: दमक वडा नं. ७ वडा कार्यालय भवन परिषर

पुरस्कार राशी तर्फ:

•प्रथम पुरस्कार नगद रु २ लाख

•व्दितिय पुरस्कार नगद रु. १ लाख

•विधागत तर्फ पुरस्कार नगद रु ५००० दरले उत्कृष्ट खेलाडी पुरस्कार नगद रु १००००।

सान्त्वना पुरस्कार :

साथै मेडल, ट्रफि र प्रमाण पत्र र खेलाडीहरुको लागि खाने र बस्ने र यातायातको सम्पूर्ण व्यवस्था।

प्रथम दमक मेयरकप पालिका आमन्त्रित राष्ट्रिय कराते खेल प्रतियोगिता, २०७८

प्रतियोगिता आयोजना मिति: २०७८ फागुन २७, २८ र २९ गते विहान ८ बजे देखि बेलुका ४ बजे सम्म।

प्रतियोगिता आयोजना स्थान: दमक वडा नं. ७ सिध्दार्थ बोर्डिङ स्कुलको मैदान।

पुरस्कार तर्फ :

खेलाडीहरुको लागि खाने र बस्नेको व्यवस्था

विजेता लाई मेडल, ट्रफि, प्रमाण पत्र उपलब्ध गराइने ।

https://www.facebook.com/730443504002327/posts/1590243214689014/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय