धरान बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा एक महिलाको शव फेला परेको छ ।
होटलको एक कोठामा दुई दिन अघि देखि बसिरहेकि महिलाको शव भेटिएको छ । आज बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल ईलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार रहेका छन् । उनले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । महिलाको अनुहारमा चोटसमेत रहेको देखिएको छ ।
भेटिएको महिलाको शवको सनाखत गर्न उनको परिवार तथा आफन्तजनको खोजी भइरहेको छ । आफन्तजन आएपछि मात्र शव हेर्ने, घटना प्रकृति मुचुल्का गरिने प्रहरीले जानकारी दिएको छ।
होटल सञ्चालक सुशिल जिमीका अनुसार २ दिनदेखि महिला र एक पुरुष होटलमा बसेका थिए । आज बिहान सफा गर्न कर्मचारी गएका थिए । त्यसक्रममा कोठामा चुकुल नलगाएको कारण कोठा खोलिएको र महिलाको शव भेटिएको उनले जानकारी दिएका छन् ।






