
✍️ विनोद थापा (वृयन)
तिम्ले जस्तो छाड्यौ त्यस्तै छु,खै किन बद्लिन सकिन
तिमी भन्छ्यौ रे! उसलाई भुल्न सके तर सम्झिन सकिन
हुने खाने सँग आज तिमी माहोल मा रमाउँदै छ्यौ रे
माया बाहेक तिमीलाई मैले त अरु केही दिन सकिन
तिम्रै बाटो पर्खेको देखि मलाई भन्छन यी यात्रीहरुले
कति कुर्छौ निष्टुरिलाइ!जसले एक्छिन पर्खिन सकिन
अनायासैं अनलाइन को दोधारमा सँगै भेट हुँदा हाम्रो
तिम्ले चिन्दिन भन्यौ!मैले त चाहेर पनि बिर्सिन सकिन
तिम्रा मर्म,स्पर्श र सुखी दम्पती जीवन बुझेर नै मैले मेरा
सबै खुसी त्याग्न सके!तर तिम्रा खुसीमा फर्किन सकिन।।