एकल महिला तथा जेष्ठ नागरिक साथै असक्त असहाय परिवारलाई विराटनगरमा आज सम्मान गरिएको छ । हलेसी महिला सस्कतिकरण सेवाकेन्द्र विराटनगर ८ ले उनिहरुलाई सम्मानगर्दै आवश्यक लत्ता कपडा वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एंव विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले उनिहरुलाई साडी लगायतका विभिन्न प्रकारका कपडा वितरण गर्नु भएको थियो । सो अवसरमा ५० जनाभन्दा वढि महिला तथा अस्कत असाय विपन्न परिवारलाई आवश्यक सामाग्री वितरण गरिएको संस्थाकी अध्यक्ष सिता मिश्राले वताउनुभयो ।
कार्याक्रममा वोल्नुहुदै महानगरपालिकाका प्रमुख पराजुलीले समाजिक सेवामा संस्थाले गरेको कार्यको सरहाना गर्नुहुर्दै आफनो अधिकारका लागी स्थानिय लगायत सवै राजनितिक तह तप्कामा वढिभन्दा वढि महिला सहभागिता आवश्यक रहेको वताउनुभयो । गरिव दिनदुखी तथा आमावुवाको सेवागर्नुनै सवैभन्दा ठुलो पुण्यको काम भएको उहाले वताउनुभयो । उहाले असक्ता असहाय तथा सडक वेसहारालाई उचित व्यवस्थापनगर्न महानगरापकिालकाले मानवसेवा आश्रम संचालन गरिरहेको वताउनुभायो् । यसैगरि सो सस्थाले कोभिड रोकथामका लागी माक्स तथा न्यायो कपडा वितरण कार्यक्रम संमेत गरेको अध्यक्ष मिश्राले वताउनुभयो ।






