jQuery(document).ready(function($){ //
});

।।भोजराज घिमिरे ।।मोरङ्ग।।

नेपाली काँग्रेसका नेताहरूले कसैसँग गठबन्धन नगर्ने र वैशाख ३० गते तोकिएको मितिमा स्थानिय तहको निर्वाचन हुने बताएका छन् ।उ

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपाली काँग्रेस विराटनगर महानगरपालिकालले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले तोकिएको मितिमा स्थानिय तहको निर्वाचन हुने र सत्ता गठबन्धन निर्वाचनसम्म मात्र रहने बताएका हुन् ।

कार्यक्रममा बोल्दै काँग्रेसका नेता डा. शेखर कोरालाले स्थानिय तहको चुनावलाई कसैले रोक्न नसक्ने र तीनै तहको चुनावमा गठबन्धन नहुने बताए । स्थानियको तहको ७५३ निर्वाचनको अधिकाशं स्थानमा जित्न सकियो भने काँग्रेसले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पनि जित्ने उनको भनाई थियो । निर्वाचनतर्फ देश अगाडी बढेकोले अब टोल टोलमा काँग्रेसका पार्टीका सदस्यहरु एकताबद्ध भएर लाग्नुपर्ने उनले बताए ।

काँग्रेस उपसभापति धनराज गुरूङले पार्टी सम्पूर्ण रुपमा एकतावद्ध रहेको दाबी गरे । ‘कसले कसलाई मत दियो दोस्रो कुरा हो । तर कांग्रेस पार्टी एक ठाउँमा छ । निर्वाचन जित्ने सवालमा एक ठाउँमा छ’, उनले भने । कम्युनिस्टहरुले आफ्नै घरमा आगो लगाएका कारण अहिले कांग्रेसले मुलुक सम्हाल्नुपर्ने अवस्था आएको उनको भनाई थियो । ‘हामीले सम्हाल्नुपर्नेछ, सम्हाल्छौं । योपटक सानदार ढंगले जितेर पाँच वर्ष सरकार पनि चलाउँछौं,’ उनले भने ।

काँग्रेस महामन्त्री गगन थापाले चुनावको विषयमा एक दिन तलमाथि पनि नभइ तोकिएको समयमा स्थानिय तहको निर्वाचन हुने बताए । कांग्रेसले चुुनाव गराउँछ भन्नेमा नै जनता विश्वस्त रहेको पनि उनले बताए ।

‘सरकारले संसद् चलाउने र चल्ने अवस्था नबने राख्ने कि नराख्ने भन्नेबारेमा पनि सोच्ने उनले बताए । तर, स्थानीय तहको चुनाव हुन्छ । नयाँ संसद् ल्याएर होस् वा चलाएर होस् चुनाव हुन्छ,’ महामन्त्री थापाले भने, ‘दुई कम्युनिस्ट पार्टी मिलेपछि २०७४ मा निर्वाचन हाम्रो पक्षमा आउँदैन भन्ने पहिल्यै आकलन गरिएको थियो । २०६४ मा गिरिजाप्रसाद कोइरालाले आफ्नो पक्षमा नआए पनि निर्वाचन गराउने कर्तव्य पालना गर्नुभएकै हो । अब पनि संविधान जोगाउनको लागि पनि कांग्रेसले चुनाव गराउनैपर्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय