jQuery(document).ready(function($){ //
});
✍️ मिना बराल

मोरङ्ग टंकीसिनवरि गा.वि.स. वडा नं. १ मा २०३६ सालमा जन्मीएकी म, आमा र बाबाको कान्छी छोरी भएर पनि अली बढी माया पाएको अनुभुति हुन्थ्यो । दाजु, दिदि र भाइ एक समेत हामी चार जना छोरा छोरी नजिकको नरग्राम मा.वि.मा अध्ययन गर्दै रमाउदै जादै गर्दा म कक्षा आठ को परिक्षा दिदै सम्भवत परिवार छरछिमेकीले म ठुलो भएको महशुस गर्न थालेका रहेछन् मलाइ यसको पत्तो भएन।

समय संग र मेरो साथीहरु संग सन्तुलन मिलाउने, त्यस्तो ठोस दृष्टिकोण, वर्तमान, र भविष्य त्यती सोच्न सक्ने मेरो सम्भवत दिमाग भइसकेको रहेनछ । पढाईलाई एकातिर सहज बनाउन नसकेको र अग्लो जिउ डालको मेरो शरीर सम्भवत पारिवारीक मान्यतामा माइति भन्दा पनि बाहिरी घर प्यारो बनाइ दिनु पर्छ भन्ने आमाको सोचाइ पनी मेरो व्याक्तिगत जिवन माथि समाजीक मान्यतालाई नकार्न नसकेको अवस्था साथै मेरो पनि निर्णय क्षमता भएको अवस्था के ठिक के वैठिक जिवन जगत मेरो लागी पाठ्यक्रम भन्दा बाहिरको पारिवारिक सामाजिक विषय थियो।

eHatiya

समयले जितेको पत्तै भएन । म कसैको पत्नी, बुहारी, भाउजु, आदि भएको महशुस गर्दै बुझदै जाने ‘एउटा छुट्टै बिषय, जुन सरकारले पनि मुख्य विषय अध्ययन अध्यापन बनाउन नसकिरहेको अवस्थामा २०५२ सालको बिवाह बन्धन र त्यसपछि २०५४ र २०५८ को मेरो एक छोरा र एक छोरीको आगमन पश्चात म आमा हुदाको खुशी छोरा छोरीको पढाइको शुरु सगँ मेरो शिक्षाको वास्तविक धरातल मेरो सामु नाच्न थाल्यो ।

जिवन संघर्ष र संघर्ष जिवन हो भन्ने मुल सिध्दान्त बाट मानिस पछि हट्नु हुदैन भन्ने मुल शिक्षा जिवन सफल सिध्दान्तको रुपमा सानै छदा मेरो गुरुले निर्देशन गरेको एक कुशल छात्रा म मिना बराल कसरी कुन्नी कक्षा आठमा मात्र पठाइको झन्डै अन्तिम बनाउन पुगे ।

एक होइन अनेक प्रयासले मात्र जिवन दरिलो बनाउछ भन्ने सोचाईले मेरो बिचार पारिवारीक रमाइलो बालवच्चा श्रीमान, सबैको माया सहयोग र प्रेरणा मेरो जिवनमा एक कदम अघि बढ्ने प्रेरणाको श्रोत बन्यो । नेपाल सरकारको खुल्ला शिक्षा अभियान मेरो जिवनमा हौसला प्रेरणा र सामाजिक कर्तव्य समेत बनेर आयो ।

त्यो दिन २०६५ साल मेरो लागी एउटा नयाँ सोच र जागर बनेर आउदा मानवजिवन, पृथ्वी, श्रोत र – यसको उपयोग महत्वपूर्ण छ भन्ने लाग्यो । हिमालय उच्च मा.वि. दमकको त्यो खुल्ला शिक्षाको लागी आव्हान मेरो जिवनको लागी नयाँ मोड बन्न पुग्यो । सर मिसहरुको सल्लाह र सुझावले म त्यो खुल्ला शिक्षा अभियानमा सहभागी हुन मेरो घरपरिवारको सहयोग र प्रेरणा मेरो अध्ययनको मुख्य श्रोत बन्यो । नारीहरुले घरायसी काम लाई पारिवार भित्र बाडफाड गर्दै थप अवसरमा आफलाई सहभागी गराउन सक्नुपर्छ । दिन र रातको समयको हिसाबलाई आफ्नो धेरै भाग लगाए पनि र पनि अवसर छोड्नु हदैन भन्ने सबै दिदि बहिनीहरु लाई सल्लाह दिन चाहान्छु । अध्ययन लाई निरन्तरता लगातार परिश्रम, निन्द्रा लाई कम मान्यता जस्ता विधिहरु हरु नै मैले खुल्ला शिक्षा बाट एस एल सी जस्तो महत्वपूर्ण शिक्षाको खुड्किलो प्रथम श्रेणीमा उत्तिर्ण हुन सफल भए । यो सफलता मेरो स्वयमको लागी.. परिवारको लागी र मलाई सिकाइमा सहयोग गर्ने सर, म्याडमहरुको योगदान नै हो । जुन मेरो जिबनमा सफलताको धरोधर बनेर र बसेको छ । शिक्षा निरन्तर सिकाई हो भन्ने बुझे पछि मैले थप सिढी चढ्नु पर्छ भन्ने लागेर मेरो श्रीमानको सल्लाह र मेरो उत्सुकता बाट मैले नर्सिङ, क्षेत्रमा प्रवेश गरेर समाज सेवाका लागी समेत सहज हुने देखि आम्दा शिक्षण संस्थान दमक बाट २०६५।०६६ सालमा प्रथम श्रेणीमा ए एन एम उत्तिर्ण गरे । हौसला बढ्दै गयो । पारिवारी बोझ, छोरा छोरीको शिक्षा, श्रीमानको नोकरी सबैलाई सहयोग र सन्तुलन कायम गरी राम्ररी परिवार संचालन गर्नु पनि मेरो जिवनको अर्को परिक्षा थियो । एकै पटक यस्ता हरेक परिक्षा दिन पर्ने नेपाली नारीहरुको बाध्यताबाट समेत टाढा रहन सक्ने अवस्था हुदैन । समय र परिस्थित लाई मिलाउदै अघि बढ्न थप लिए र कुशलताको खाचो विशेषत महिलाहरुमा आवश्यक हुन्छ।

ए एन एम को सफल अध्ययन पछि नेपाल सरकारले खोप अभियानलाई बस्ती टोलमा समेत कभरेज गरी बालवालिकाहरुको पूर्ण खोपको अधिकार र महिलाहरुको लागी स्वास्थ्य शिक्षाको उचित व्यवस्था मिलाउन शहरी स्वास्थ्य कार्यक्रम संचालन भइरहदा इच्छुक स्वास्थ्यकर्मिको आह्वान भए अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुर झापा बाट छनौट भई आफनै दमक नगरीमा शहरी स्वास्थ्य कार्यक्रममा सरिक भई वालवालिका तथा महिला दिदी बहिनी आमाहरुको स्वास्थ्य सेवाको लागी सुअवसर दमक नगरपालिका समेतको समन्वयमा हाल कार्यरत रहिरहदा खुशी र सन्तोष मिलेको छ ।

हामीले शिक्षा लिन उमेर समय भन्दा पनि अवसरलाई क्याच गर्न सक्नु पर्छ । आफनो परिवार साथै समुदाय विकासका कार्यमा सरिक भई पहिचान दिन सक्नु पर्छ ।

अन्तमा,
खुल्ला शिक्षा, खुल्ला दिमाग, आफु र समाजको सहज विकास, भन्ने मुलमन्त्र नै आज मेरो सफल, सुरक्षित र खुशी जिवनको आधार बनेको छ ।

धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO