jQuery(document).ready(function($){ //
});

नेपाल खेलकुद महासंघले प्रदेश १ मा विभिन्न खेलकुद प्रतियोगीता सञ्चालन गर्ने भएको छ । प्रदेशको नवनिर्वाचित नेतृत्वले दमकमा पत्रकार भेटघाट गरि यसबारेमा जानकारी दिएको हो । महासंघको कार्यतालिकाअनुसार चैत २५ र २६ गते मोरङ् जिल्ला स्तरीय कराते प्रतियोगीता, चैतमानै बिराटनगरमा वडा स्तरीय फुटबल प्रतियोगीता, चैत २१ गते देखि उदयपुरमा राष्ट्रिय ह्याण्डबल प्रतियोगीता हुने महासंघका प्रदेश अध्यक्ष राजकुमार थापाले जानकारी दिनुभयो ।

यस्तै चैतमानै भोजपुरमा पुरुष भलिबल प्रतियोगीता, बैशाख १ गते संखुवासभामा कतारे प्रतियोगीता, बैशाख दोश्रो साता मोरङ्मा आईटीएफ तेक्वान्दो, जेष्ठमा सोलुमा महिला भलिबल, झापामा म्याराथन र राष्ट्रिय स्तरको किक बक्सिङ् प्रतियोगीता गरिने महासंघले जनाएको छ । धरानमा चैत महिना देखि लगातार ग्रासरुट फुटबल तालिम लगायतका विभिन्न खेल कार्यक्रम गरि अध्यक्ष थापाले जनाउनु भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

महासंघले प्रदेश खेलकुद विकास वोर्ड तथा १४ जिल्लाका जिल्ला खेलकुद विकास समितिहरुलाई अवैधानिक रुपमा खाता तथा बजेट रोक्का गरेर सरकारले खेलकुद क्षेत्रलाई अन्धकार तर्फ धकेलेको महासंघको विज्ञप्तिमा उल्लेख छ । एमाले प्रदेश कमिटी सदस्य अम्बिका खनालको प्रमुख आतिथ्यमा भएको पत्रकार भेटघाटमा एमाले नगर अध्यक्ष गेहनाथ पोखरेलको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश १ का विभिन्न जिल्लाका खेलाडी तथा महासंघका पदाधीकारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय