jQuery(document).ready(function($){ //
});

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपत्र हरियो हुँदैमा काँग्रेस नबौरिँने बताउनुभएको छ । 

मोरङको रंगेलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन खोजेपनि अब काग्रेंस नजोगिने बताउनुभयो ।  ‘अब काँग्रेसमा लागेर केही काम छैन । काँग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ । बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो,’ ओलीले भन्नुभयो, ‘चुनाव चिन्ह हरियो हुँदैमा अब काँग्रेस बौरिँदैन ।’

RAWA Hills Town Property

RAWA Hills Town Property

अध्यक्ष ओलीले काँग्रेससँग देश बनाउने कुनै विचार नभएको बताउनभयो । उहाँले भन्नुभयो ‘काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन,’ ओलीले भन्नुभयो, ‘काँग्रेस एमालेको विरुद्धमा जान सक्दैन, अब काँग्रेसको पात मात्रै झरेको छैन, रुख नै सुकेको छ ।’ 

जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले आफू नेतृत्वको सरकारले मुलुकमा विकास निर्माणका धेरै काम गरेको बताउनुभयो । ‘हामी सरकारमा हुँदा विकास निर्माणका धेरै कामहरु भएका छन्, ‘ओलीले भन्नुभयो,‘त्यसको फैसला अब जनताले गर्छन् ।’ निर्वाचनमा एमालेलाई न्याय गर्न पनि उहाँले आग्रह गर्नुभयो ।  

सबै शक्ति मिलेर संसदलाई निष्प्रभावी बनाउन खोजिएपछि जनतामा जाने संसद विघटनको निर्णय गरिएको उहाँले बताउनुभयो ।  

अहिलेको सरकार संसद र व्यवस्थाले नभइकन परमादेशबाट अरुले नै बनाइदिएको उहाँको टिप्पणी छ । ‘असंवैधानिक ढंगले सरकार बनाएर अघि बढ्ने काम भइरहेकाले अबको निर्वाचनमा एमालेलाई जनताले न्याय दिनुपर्छ,’पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले भन्नुभयाे  ‘एमालेको नेतृत्वमा मुलुकमा थुप्रै कामहरु भएका छन् ।’

ओलीले प्रचण्डको पार्टी नेकपा (माओवादी केन्द्र) भ्रमको गोलो मात्रै भएको बताउनुभयो । ‘प्रचण्डको पार्टी पार्टी हैन,’ उहाँले भन्नुभयो, ‘यो त भ्रमको गोलो मात्रै हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय