jQuery(document).ready(function($){ //
});

जर्मनीबाट केही हप्ता अघि फर्किएका बिर्तामोडका एक युवक मृत अवस्थामा भेटिएका छन् । झापाको बिर्तामोड ५ स्थित मित्र नगरका २८ वर्षीय चिरञ्जीवी दाहाल घरको बन्द कोठाभित्र मृत अवस्थामा भेटिएका हुन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कोठामा नग्न अवस्थामा कम्मर माथि रक्ताम्मे भई मृतावस्थामा भेटिएको मृतक दाहालकी हजुरआमा रुकमिना पौडेलले प्रहरीलाई बताएकी छन् ।करिब १२ बजे मामलकी हजुरआमालाई टिभी कोठामा छोडेर निस्किएका दाहाल केही समय पश्चात् नग्न अवस्थामा भेटिएका थिए ।

दाहाल केही हप्ता अघि मात्र जर्मनीबाट घर फर्किएका थिए । घटनास्थलमा भान्सा कोठामा प्रयोग हुने छुरी फेला परेको प्रहरीले जनाएको छ । 

घटनाबारे अनुसन्धानका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय