jQuery(document).ready(function($){ //
});


सामाजिक संजाल Whatasapp, IMO, Facebook को दुरुपयोग गरी लक्की ड्र मार्फत रु. २५,००,०००।– को चिट्ठा परेको छ, Khalti, e-Sewa जस्ता Wallet Apps को कर्मचारी हुँ, तपाईको Account नविकरण गरी दिन्छौं भन्ने जस्ता भ्रमपुर्ण म्यासेज पिडितहरुको Whatsapp मा पठाई बिभिन्न बहाना बनाई पीडितहरुसंग कुराकानी गरी बैक खाता नम्बर मागी उक्त खातामा प्रयोग भएको मोबाईल नम्बरमा OTP कोर्ड समेत पठाई मागी, कोर्ड लिई पीडितकै खातामा भएको रकम बिभिन्न ब्यक्तिहरुको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीहरुमा रकम ट्रान्सफर गरी जम्मा रु. २,०१,०००।– (अक्षरुपी दुई लाख एक हजार) रकम अनलाईन मार्फत ठगी गर्ने कार्यमा जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं. ६ पिपलचोक घर भएका बर्ष २० को धिरेन कुमार मण्डल समेतको संलग्नता देखिएकोले ई.प्र.का. रंगेली, मोरङ संग आवश्यक समन्यव गरी निज धिरेन कुमार मण्डललाई मिति २०७८।११।२२ गते पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आज मिति २०७८।११।२५ गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।
पक्राउ ब्यक्ति
नामथरः धिरेन कुमार मण्डल
उमेरः २० बर्ष
ठेगानाः जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं. ६ पिपलचोक

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय