jQuery(document).ready(function($){ //
});

सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । 

अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । 

दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको छ । क्षतिको यकिन विवरण  आई नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवेदीले बताउनुभयो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय