jQuery(document).ready(function($){ //
});

प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन शुक्रवारबाट पोखरामा हुँदैछ । 

शनिवारसम्म चल्ने महाधिवेशनको पूर्व सन्ध्यामा आज केन्द्रीय सदस्य दर्ताको तालिका छ । दिउँसो २ः०० बजे सचिवालय बैठक तथा अपराह्न ४ः०० बजे केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

शुक्रवार बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेको छ भने शुक्रवार बिहान ११ः०० बजे महाधिवेशनको उद्घाटन हुनेछ । शुक्रवार दिउँसो ३ः०० बजेबाट बन्द सत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जनाएको छ ।

२०५५ साल मङ्सिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेको हो । महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागिता रहने आयोजकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय