jQuery(document).ready(function($){ //
});

आउँदो निर्वाचनमा एमसीसीको खुलेर वा घुमाउरो तरिकाले अनुमोदन गर्ने कुनै पनि राजनीतिक दललाई मत नदिन मौलिक जरोकिलो पार्टीले अनुरोध गरेको छ । पार्टी प्रवक्ता प्रकाश श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तमा उक्त अनुरोध गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ – नेपालको सार्वभौमसत्ता, स्वाधीनता र आर्थिक स्वावलम्बन भन्दा विदेशी सिद्धान्तलाई आदर्श देख्ने यस्ता कपूतन्त्र राज्यसत्तामा रहिरहनु नै नेपालको प्रमुख समस्या हो ।मौलिक जरोकिलो पार्टी लगायत थुप्रैको विरोधका बाबजुद जनभावना लत्याएर एमसीसी पारित गरिएको घटनाको पार्टीले घोर भर्त्सना गरेको छ । संसदमा गरिएको व्याख्यात्मक घोषणा आफ्नो अकर्मण्यता र अदूरदर्शितालाई ढाकछोप गर्न जनताको आँखामा धुलो फ्याँकेको रूपमा पार्टीले लिएको छ । सत्तापक्ष होस् वा प्रतिपक्ष, कुर्सीको लागि जस्तोसुकै दाउपेच खेल्न तयार हुँदारहेछन् भन्ने कुरा एमसीसी पारित गर्ने दौरानमा देखिएका घटनाक्रमहरूले प्रमाणित गरेको छ ।मार्क्सवादी, लेनिनवादी, माओवादी, पूँजीवादी, प्रजातान्त्रिक समाजवादी लगायतका नामपट्ट (साईनबोर्ड) मा रहेका विदेशी आयातित सिद्धान्तधारी कपूतन्त्र नेपालको सत्तावृत्तमा रहेसम्म एमसीसी, बिआरआई र रिभरलिंक लगायतका रणनीतिक परियोजनाहरूको प्रकोप रहिरहने पार्टीको ठहर गर्दै  नेपालको सत्तावृत्तबाट कपूतन्त्रको समूल अन्त्य गर्ने कार्यमा संगठित हुन पार्टीले आह्वान गरेको छ । एमसीसीको विरोधको नाममा सर्वसाधारणको जनजीवन थप कष्टकर बनाउने बन्द, हड्ताल र तोडफोडको पछि नलाग्न मौलिक जरोकिलो पार्टीले अनुरोध गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय