
संखुवासभाको मादीबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको रेसम फिलिली बस आज बिहान संखुवासभाको मादी नगरपालिका वडा नं. ६ पुलुङ सात घुम्तीमा दुर्घटना भएको छ।
वडा अध्यक्ष धन नारायण तामाङको अनुसार, अहिलेसम्म दुर्घटनामा परी अनुमान ७ वर्षिय वालिका सहित १५ जानाको मृत्यु भएको र ५ जना शसक्त घाईतेहरूको उपचारको निमित्त हेलिकप्टर मार्फत धरान स्थित बि.पि. स्वास्थ विज्ञान प्रतिष्ठान, घोपामा लगिएको, र अन्यको खोजि कार्य तिव्र रुपमा भईरहेको जानकारी प्राप्त भएको छ।